arrow

फुक्यो असोज १२ देखि लागेको निर्वाचन आचारसंहिता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ