- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई सच्याएर विवरण पठाउन आजसम्म समय दिएको छ ।
आयोगले आज दिउँसो ४ बजेसम्मका लागि समय तोकेको छ । प्रतिनिधिसभाअन्तर्गत दलहरूले बुझाएको विवरण ठिक रहे पनि प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याउन आयोगले समय सीमा तोकेको हो ।
आयोगले दलहरूबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ ।