arrow

अमृत बेलाबाट दिनको शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ मंसिर २६ गते सोमबार, इस्वीसंवत डिसेम्वर १२ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको चतुर्थी तिथि रहनेछ ।

नक्षत्रमा तिष्य, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा बालब, आनन्दादि योगमा धाता रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । दिनमान २५ घटि ५४ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४६ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ ।

आजको राशिफल

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ । नयाँ कामकार्य आदिको बारेमा पनि सोँच विचार तथा योजना बन्नसक्ने छ । व्यवसाय आदिबाट धनलाभ गर्न सकिने छ भने भौतिक सुख मिल्नेछ । आज तपाईको लागि भैरवदेवको दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

वृष : आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । साथीभाईसँग भेटघाट र माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आँच आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

मिथुन : आज समय त्यत्ति शुभ छैन । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ । समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ । सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नसक्ने छ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने कुलदेवताको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

कर्कट : आज समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । राजनीति-समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । आज यहाँले एक अङ्क, रातो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

सिंह : आज समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ । यात्रा योजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिन्छ । रोकिएर रहेका केही काममा सफलता मिल्नेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंगको प्रयोग र माँ बगलामुखीको दर्शन भक्ति गर्नु तथा धार्मिकक्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ ।

कन्या : आज समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखामा सोचेजस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । शत्रुप्रभाव आदि पनि देखिएकोले प्रतिरक्षामा बुद्धिमतापूर्वक संयमसँग आत्मबल बढाएर अघिबढ्नु राम्रो हुनेछ । आज यहाँलाई माँ बगलामुखीको सेवा आराधना शुभप्रद हुनेछ ।

तुला : आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसंग पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । अध्ययनमा रुचि नजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ । चोटपटक आदिको भने भय देखिएकोले यात्राको हकमा अल्लि विचार पुर्याउन पर्ने देखिएको छ । कैफिययुक्त विवाहको प्रस्ताव आउन सक्ने भएकोले सजिलै स्वीकार गरी नहाल्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने अपेक्षित कार्यमा सफलताको लागि भगवान श्री गणेशको स्तुति उपयुक्त हुनेछ ।

वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ । व्यवसायिक उन्नती गरी आय–आम्दानी बढाउन सकिने छ । आफैमा उन्मात् बढ्न दिँदा भने अपेक्षा गरेका धेरै उपलब्धिमा थोरैले चित्त बुझाउन पर्नसक्ने छ । शर्तमा कटौती गरेर विपक्षीसँग सम्झौता गर्नुपर्ने छ । आर्थिकभार हल्टो र व्यवसायिक लाभ भने हुनेछ ।

धनु : आज समय सामान्य रहला । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ । सन्तानबाट सुख र केही लाभ मिल्ला । अरुको चर्चामा समय व्यतित हुने र स्वकार्य पूरा गर्न नभ्याइने हुनसक्ने छ । आफ्नो गोपनीयता खुश्कनसक्ने कुरामा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । केही प्रतिकूलताको बाबजुत अकल्पिनीय उपलब्धि हुनसक्ने छ । दैनिकी व्यवसायिक कर्मक्षेत्रबाट सामान्यतया लाभ मिल्न सक्ने छ ।

मकर : आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने योग रहेको छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने यहाँलाई आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।

कुम्भ : आज दिन राम्रा छन् । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्न सकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्नेछ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोगको साथमा शिक्षाक्षेत्रलाई दान सहयोग गर्नु थप सफलताकारक हुनेछ ।

मीन : आज समय भरपर्दो रहनेछ । स्वास्थ्यमा सुधार आउन सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ । दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ । तपाईको काममा रहेका बाधा तथा अवरोधहरु हट्नेछन् । वाणीको वेगलाई संयम गर्न नसके अनर्थ लाग्नसक्ने छ ।आहार बिग्रनसक्ने डर पनि देखिन्छ । अनर्थ बुझाई हुनसक्ने भएकोले नातासम्बन्धमा गरिने व्यवहारमा पनि सजग हुनु जरुरी देखिन्छ । निस्काम भाव र स्वभाविक भन्दा अल्लि बढी मेहनतले आंशिक लाभ प्राप्त गर्न सकिने छ ।
 

साइतः सूर्य वृश्चिक चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    अमृत बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     काल बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     शुभ बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    रोग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   उद्वेग बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      चर बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     लाभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ