arrow

नयाँ सरकार बनाउन पहल, कस्तो छ त ज्योतिषीय हिसाबले यो साता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
horoscope-weekly-anytime.jpg

यो साता आगामी पाँच वर्षका लागि सरकार बनाउन तयारी थाल्ने समय हो । दलहरुबीच घनिभूत रुपमा छलफल चलिरहेको भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । नेताहरुले सोचेर, सम्झेर, निकै बुद्धिमता पुर्याएर सरकार गठन गर्नुपर्नेछ । 

त्यसैले पनि यो साता देश निर्माणका लागि निकै महत्वपूर्ण साता रहेको छ । अहिलेसम्म कुनै पनि एउटै सरकारले पाँच वर्षसम्म सत्ता सञ्चालन गर्न नसकेको अवस्थामा यसपालि पुरानै गल्तिलाई दोहोर्याउनु भन्दा त्यसबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने भएकाले साता महत्वपूर्ण छ । 

ज्योतिषीय हिसाबले कस्तो छ त यो साता ?

साप्ताहिक फल : साताका यात्राका साइत २६ गते सोमबारः उत्तर र पश्चिम शुभ, पूर्व अशुभ । २७ गते मंगलबारः पश्चिम शुभ, उत्तर अशुभ । २८ गते बुधबारः पूर्व शुभ, उत्तर अशुभ । २९ गते बिहीबारः पूर्व र उत्तर शुभ, दक्षिण अशुभ । पुस १ गते शुक्रबारः पूर्व र उत्तर शुभ र पश्चिम अशुभ । २ गते शनिबारः दक्षिण शुभ, पूर्व अशुभ । साताका राहुकाल (सबैभन्दा खराब समय) २६ गते सोमबारः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म । २७ गते मंगलबारः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म । २८ गते बुधबारः मध्यान्ह १२ः०० देखि दिनमा १ः३० बजेसम्म । २९ गते बिहीबारः दिनमा १ः३० देखि ३ः०० बजेसम्म । १ गते शुक्रबारः बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म । २ गते शनिबारः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म ।

साप्ताहिक राशिफल :

मेष : मेष राशिका लागि यो साता उत्तम रहेको छ । नवम भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्रबाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ । यो साताको शनिबार भने कमजोर दिन रहेका छ ।

वृष : वृष राशिका लागि साता मिश्रित रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना विरोधीहरुले समस्या उत्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबारदेखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ । राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछन् । धेरै समय रोकिएका कामहरु बन्नेछन्। प्रेम जीवन सुखद् रहनेछ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन् ।

मिथुन : साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट उचित सहयोग मिल्नेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् ।

कर्कट : कर्कट राशिका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्यतिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साताको तुलनात्मक रुपमा बिहिबार र शुक्रबार कमजोर दिन रहेका छन् ।

सिंह : सिंह राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुनेछ । त्यसैगरि धनको बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ ।

कन्या : कन्या राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मंगलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक जीवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ ।

तुला : तुला राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्नेहरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् ।

वृश्चिक : वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन् ।

धनु : धनु राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्यसँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठूलो समस्या हुने छैन ।

मकर : मकर राशिका लागि साता आइतबार र सोमबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मंगलबारदेखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रमको उचित मूल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन् भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ । मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेका छन् । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ ।

कुम्भ : कुम्भ राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन् । अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहीबारदेखि भने चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ ।

मीन : साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धिमूलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ । तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ । यो साताको बिहिबार र शुक्रबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने छ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ