arrow

अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ : रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
rabi-lamichhane.jpg

काठमाडौं । कामचलाउ सरकारले ल्याउन खोजेको अध्यादेशको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ । स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताउँदै यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा ट्विट गर्दै लामिछानेले अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ अब नयाँ संसद्को बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।'

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहका मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ