arrow

कांग्रेस नेता केसी र प्रचण्डबीच समसामयिक विषयमा गम्भीर छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
prachanda-arjun-narasingh-kc.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसी शीर्ष नेताहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टाभन्दा बढी समय छलफल गरेका केसीले आज माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । 

सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा निर्वाचन परिणामबारे एक अर्कामा खुशी तथा बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ । साथै नेता केसीले प्रचण्डलाई जन्मदिनको शुभकामनासमेत दिएका छन् । 

केसीको सचिवालयका अनुसार केसी र प्रचण्डबीच विभिन्न राजनीतिक विषयमा गम्भीर छलफल भएको छ । उक्त छलफलका क्रममा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको छ । 

त्यसैगरी बालाजु बाईपास–ककनी–रानिपैवा–त्रिशूली अस्तव्यस्त रुपमा रहेको पुरानो पासङ ल्हामु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमासमेत छलफल भएको छ । 

त्यस्तै कृषि प्रधान देशमा रासायनिक मल र कृषि बिउबिजनमा कृषकले भोग्नु परेको विकराल समस्यालाई मध्यनजर गरेर छिटो भन्दा छिटो समस्याको समाधान गर्ने विषयमा पनि छलफल भएको छ । 

साथै जनजिविकाका सवालमा निर्वाचनको बेला जनस्तरबाट उठेका आवाजहरु सामूहिक रुपमा समाधान गर्ने प्रतिबद्वताका विषय, सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधारण तय गरी सहकार्यलाई निरन्तरता दिने, भ्रष्टाचारविरुद्व एक भइ लड्ने प्रतिवद्वता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्षको एउटै आवाज हनुपर्ने लगायतका विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

छलफलका क्रममा प्रचण्डले नुवाकोटमा सम्पूर्ण गठबन्धनका उम्मेदवारलाई विजय गराएकामा नेता केसीलाई बधाइ तथा शुभकामना दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ