arrow

मर्केल र अलान्दबीच ईयूका आगामी कार्यक्रमबारे छलफल

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
germanfrance.jpeg
पेरिस (फ्रान्स) । जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दबीच युरोपियन युनियन (ईयू) सम्मेलनको ठिक एक दिन अगाडि बिहीबार भेटवार्ता भएको छ । 
 
दुई युरोपियन नेताबीच पेरिसमा भएको भेटमा स्लोभाकियामा शक्रुबार सुरु हुने ईयू सम्मेलनमा ल्याइने रणनीतिक कार्यक्रमका बारेमा छलफल भएको बताइएको दुई नेताको भेटलाई आनौपचारिक भेटघाट भनिएको छ । 
 
युरोपमा देखिएको सुरक्षा चुनौतीलाई प्रमुख एजेन्डा बनाइने भनिएको स्लोभाकियाको ब्रातिस्लाभामा हुने २७ ईयू सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रस्ताव गरिने एजेन्डामाथि जर्मन चान्सलर र फ्रान्सेली राष्ट्रपतिबीच निकट छलफल भएको छ । बेलायतले जनमतसङ्ग्रह मार्फत इयूबाट बाहिरिने पक्षमा निर्णय लिएकोले यस सम्मेलनमा बेलायत भने सहभागि हुने छैन । 
 
भेटका क्रममा दुई युरोपेली नेताले ईयूको स्थायी सैन्य मुख्यालयलाई उपयुक्त स्थानमा स्थापना गरी आवश्यक परेको बेला तुरुन्तै तैनाथ गर्न सकिने वातावरण बनाउने विषयमा कुराकानी भएको बुझिएको छ । बेलायत ईयूभित्र रहेको अवस्थामा लामो समयदेखि यस विषयमा बेलायतले फरक मत राख्दै अर्थात् यो योजनाको विरोध गर्दै आएको थियो । 
 
फ्रान्सेली राष्ट्रपति अलान्दले बिहीबार बताएअनुसार सम्मेलनले ईयूको बाहिरी मुलुकसँगको सीमा सुरक्षा र ईयू सदस्य राष्ट्रका प्रहरीबीचको राम्रो सहकार्यका बारेमा छलफल गरिनेछ । 
 
उक्त क्षेत्रमा न्याय र गुप्तचर सेवालाई पनि मजबुत पार्ने कुरामा शुक्रबार सुरु हुने ईयू प्रतिनिधिबीचको सम्मेलनको एजेन्डा रहने फ्रान्सका राष्ट्रपति अलान्दको भनाई आएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ