arrow

चार जनाको क्षमता भएको बलेरोमा १२ जनाको यात्रा, दुर्घटनामा पर्दा ११ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
accident-final-1618290232.jpg

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । 

छेडागाड ५ दिपक अधिकारी, छेडागाड ५ नैनसरा अधिकारी, छेडागाड ५ जैकुवरा बुढा, छेडागाड ५ रामबहादुर बुढा, छेडागाड ६ वीरबहादुर खत्री,  भगवती २, दैलेख अमर खड्का,  भगवती २, दैलेख मानबहादुर रावत, भगवती २, दैलेख  बिरेन्द्र केसी,  छेडागाड ५ देवीसरा बुढा, छेडागाड ५ अमर अधिकारी र  छेडागाड ५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । 

छेडागाड ५ की जैभान अधिकारी गम्भीर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ