arrow

अध्यादेशप्रति कांग्रेस उपसभापति गुरुङ असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
dhanaraj-gurung.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।

टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

यस्तै कांग्रेसकै नेताहरू डा. शेखर कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले पनि अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ