arrow

आनन्द योग परेको यस्तो हुनेछ दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ मंसिर २७ गते मंगलबार, इस्वीसंवत डिसेम्वर १३ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको पञ्चमी तिथि रहनेछ ।

नक्षत्रमा अश्लेषा, विष्कुम्भादि योगमा वैधृति, करणमा गर, आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४६ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन साँझ पखसम्मलाई अनुकूल छ । व्यवसायिक एवं कार्यक्षेत्रमा प्रगति र केही खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ । जागिर आदि क्षेत्रमा पनि ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । अल्लि विचार पुर्याएर काम गर्नु बुद्धिमानी हुनेछ । अपराह्नपछि भने बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । आज यहाँको लागि दुई क्रमसँख्या, सेतो रंग उपयुक्त रहने छ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

वृष : आजको दिन प्रतिकूलता तथा संघर्षको महसूस हुनसक्ने गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । बरु नसोँचिएको काम बनेर राहत मिल्नेछ । अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्षको बाबजुत योजनाभन्दा बाहिरबाट आयआर्जन तथा उपलब्धि हुनसक्ने छ । देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र माँ इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

मिथुन : आजका दिन साँझसम्म अपजश तथा दुःख कष्ट झेल्नपरे पनि उपरान्त स्वास्थ्यमा सुधार आउने र रोकिएका कार्य अघि बढ्नसक्ने छन् । प्रतिष्ठामा आएको आँच पूरा गर्न सकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ भनेसामान्यताय जनव्यवहारमा पनि परोपकार, सहमतिको चेष्टा, आस्तिक विचार र आँट साहस बढ्ने छ । व्यवसायिक उन्नति, सात्त्विक चिन्तनको साथमा भावुकताले प्रसय पाउनेछ । रोकिएका कार्य अघि बढ्नसक्ने छन् भने अपजश दिने र कमजोरी खोज्नेहरु भने सक्रिय भएपनि अन्तमा यहाँकै वचस्व स्थापित हुनेछ ।

कर्कट : आजको दिन साँझसम्म ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । आज यहाँले फजुलको हतार नगरेकै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने हनुमानदेवको श्रद्धाभक्ति उपयुक्त रहनेछ ।

सिंह : आजको दिन केही हद्सम्म धर्म–अध्यात्मको सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नसक्ने छ । अपयशको बाबजुतपनि वैयक्तिक विकास हुने र समसामयिक दिनचर्याका समस्याहरु सुल्झिदै जाने देखिन्छ । दिनको उत्तरार्धबाट क्रमशः सफलता बढ्नेछ । तथापि मान्यजन कष्ट आदिको सम्भावनालाई गोचरले नकार्न सकेको छैन । राजनीति, समाजसेवा तथा जागिर आदि राज्य एवम् समाजसँग सम्बन्धित कार्यमा प्रतिष्ठा तथा जिम्मेवारी बढ्न सक्ने छ । केही सन्देहको बाबजुतपनि मूल्याङ्कनमा अग्रता मिल्नेछ । कृति एवम् यश बृद्धि गर्नसकिने छ ।

कन्या : आजका दिन साँझसम्म अपजश तथा दुःख कष्ट झेल्नपरे पनि उपरान्त स्वास्थ्यमा सुधार आउने र रोकिएका कार्य अघि बढ्नसक्ने छन् । प्रतिष्ठामा आएको आँच पूरा गर्न सकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ भनेसामान्यताय जनव्यवहारमा पनि परोपकार, सहमतिको चेष्टा, आस्तिक विचार र आँट साहस बढ्ने छ । व्यवसायिक उन्नति, सात्त्विक चिन्तनको साथमा भावुकताले प्रसय पाउनेछ । रोकिएका कार्य अघि बढ्नसक्ने छन् भने अपजश दिने र कमजोरी खोज्नेहरु भने सक्रिय भएपनि अन्तमा यहाँकै वचस्व स्थापित हुनेछ ।

तुला : आजको दिन साँझसम्म ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । आज यहाँले फजुलको हतार नगरेकै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने हनुमानदेवको श्रद्धाभक्ति उपयुक्त रहनेछ ।

वृश्चिक : आजको दिन उमङ्गिलो दिन रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । साँझबाट प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ ।

धनु : आजको दिन साँझसम्म सामान्य देखिन्छ । केही कामकार्य बन्ने र विद्या बुद्धिको विकास हुनेछ । इष्टमित्र एवं आफन्तजनको आगमन हुने भौतिक कर्मभन्दा बढी वैचारिक कार्यले समय लिने सम्भावना छ । नीति एवं सैद्धान्तिक वहसको स्थिति बन्नसक्ने छ । कसैकसैलाई बढी विद्वतता देखाउनपर्ने मानसिकताले अन्तिममा पछुतो दिनसक्ने छ । अपराह्नबाट भने आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, विपक्षिलाई सम्झौतामा ल्याउनसकिने छ । खेलकुद आदिमा विजयी भइनेछ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने माँ सन्तोषीको साथमा भैरवदेवको स्तुति शुभकर हुनेछ ।

मकर : आजको दिन साँझसम्म केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा केही सुधार आउने छ तथापि विशेष कार्यमा भने अझैपनि बाधाब्याबधान आनउसक्ने देखिएको छ । रपनि अध्ययन अध्यापन एवं विद्यार्जनमा प्रगति हुनेछ । संवाद तथा वहस वा अन्तरक्रिया आदिबाट निस्कर्ष उपयुक्त निकाल्न जोड हुनसक्ने छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । व्यापार जन्य व्यवसायीको लागि पनि दिन राहतपूर्ण नै रहेनेछ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने ग्रहको बाधाब्याबधान न्यूनिकरणको लागि माँ इन्द्रायणीको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

कुम्भ : आजको दिन सामान्यतया ग्रहको अवस्था सकारात्मक नै छ । राम्रै लौकिक पुरुषार्थ गर्नसकिने छ । खेलकुद आदि प्रतिस्पर्धा जन्य क्षेत्रमा विजयी भइनेछ । व्यापार व्यवसायमा पनि राम्रो लाभ हातलाग्ने छ । साँझपखबाट भने गोचरग्रह केही प्रतिकूल बन्ने देखिएको छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुनु उपयुक्त हुनेछ । हतारभन्दा धैर्य गर्नु बुद्धिमानी हुनेछ । नसोँचिएको तिरबाट आकस्मिक उपलब्धि प्राप्त हुनेछ ।

मीन : आजको दिन बोलीवचन र विशेष गरी नाताकुटुम्बि सम्बधसँगको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ । सामान्यतया प्रतिकूलताको आभाष दिने गोचरग्रहको योग भएकोले आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । सामान्य कामकार्य सम्पादन गर्न भने सकिने छ । सञ्चित सम्पतिको अपव्यय हुने भय देखिएको कुरालाई भने नकार्न सकिन्न । तपाईको बोलीले कसैको मन दुखाउन पनिसक्ने सम्भावना छ । काम कार्यमा पनि अल्लि मेहनत बढाउनु नै पर्ला । साँझपखबाट क्रमशः समय बलियो भएर जाने देखिएको छ । पराक्रम बढ्दैजाने र रोकिएर रहेका कार्यहरु पूरा हुनसक्ने तथा अघिबढ्ने छन् । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ ।
 

साइतः सूर्य वृश्चिक चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    रोग बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     उद्धेग बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     चर बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    लाभ बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   अमृत बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      काल बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     शुभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ