arrow

नेयमारको सपना तोडेको क्रोएसियासँग मेस्सीको आशा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
argentina-messi.jpg

काठमाडौं ।  फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच आज हुदैछ । खेल १२:४५ बजे शुरु हुनेछ ।  आज लियोनल मेस्सी आफ्नै बलमा अर्जेन्टिनालाई विश्व च्याम्पियन दिलाउन उत्रदैछ ।  क्रोएसियाले भने यसअघि नै नेयमारको विश्वकप जित्ने सपना चकनाचुर गरिसकेको छ । अब उसको लक्ष्य च्याम्पियन बन्ने मेस्सीको सपना रोक्नु हो । 

गत वर्षको उपविजेता क्रोएसियाले लगातार दोस्रो पटक फाइनल पुग्नका लागि आज हुने सेमिफाइनलमा अर्जेन्टिनाको बलियो पर्खाल भत्काउनुपर्ने हुन्छ । यो खेलमा सबैको नजर अहिलेसम्म विश्वकप ट्रफी नजितेका मेस्सीमाथि हुनेछ ।

सन् २०१८ को फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया यस पटक उपाधि जित्ने लक्ष्यमा छ । क्रोएसियाका डिफेन्डर जोसिप जुरानोभिकले भने, "मलाई लाग्दैन कि हामीले कुनै पनि खेलाडीको चिन्ता लिनुपर्छ, हामीले आफ्नो उत्कृष्ट खेलमा ध्यान केन्द्रित गर्नुपर्छ। हाम्रो सफलताको रहस्य हाम्रो एकता हो । सत्य यो हो कि हामी एक परिवार जस्तै बाँचिरहेका छौं र हामी खेल उस्तै खेल्छौँ।'

अर्कोतर्फ अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्‍याउन मेस्सीले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले अहिलेसम्म पाँच खेलमा चार गोल गरिसकेका छन् । 

लुसेल स्टेडियममा हुने सेमिफाइनल अघि क्रोएसिया शान्त देखिन्छ र आफ्नो रणनीति पनि खोल्न चाहँदैन। क्रोएसियाका स्ट्राइकर ब्रुनो पेटकोभिकले भने,'हामीले लियोनेल मेस्सीका लागि अहिलेसम्म कुनै खास रणनीति बनाएका छैनौँ, सामान्यतया हामी एक खेलाडीमा मात्र होइन सम्पूर्ण टोलीमा केन्द्रित हुन्छौं। अर्जेन्टिना भनेको मेस्सी मात्र होइन ।'

क्रोएसियाको मिडफिल्डमा बलियो पक्ष रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच हुन्। ब्राजिललाई हराएपछि क्रोएसियाका प्रशिक्षक जाल्को डालिचले आफ्नो मिडफिल्ड विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।

यता ब्राजिलका स्टार खेलाडी नेयमारले कतार विश्वकपमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आफू मानसिक रूपमा विक्षिप्त हुन पुगेको बताएका छन्। नेयमारले आफ्नो खेल जीवनमा भोगेका हारहरूमा क्रोएसियासँगको हारले सबैभन्दा बढी पीडा दिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ