arrow

जाजरकोट जीप दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
sher-bahadur-deuba-ciaa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ