arrow

कांग्रेस नेता केसी र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
madhav-nepal-arjun-narasingh.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नुवाकोट २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीले शीर्ष नेताहरुसँगको भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । गत आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका सिंहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । 

मंगलबार साँझ उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरी छलफल गरेका छन् । नेपाल निवास कोटेश्वरमा बधाई साटासाट गर्नुको साथै निर्वाचनमा गठबन्धन दलहरुको भूमिका र समीक्षाका साथै राष्ट्रिय राजनीतिको बारेमा महत्वपूर्व कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । दुवैबीच करिब पौने घण्टा कुराकानी भएको थियो । 

निर्वाचन परिणामपछि अब सरकार गठनको प्रक्रिया अगाडि बढ्दै गर्दा केसीको शीर्ष नेताहरुसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ