arrow

निर्वाचनको अन्तिम नतिजा घोषणा हुँदै, भोलि प्रमाणपत्र दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
election-commission-hq-building-2022.jpg

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक हुँदै छ ।  निर्वाचन आयोगले अन्तिम नतिजा आज आयोग परिसरमा घोषणा गर्न लागेको छ । 

आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्नेछ । भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। 

सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ