arrow

बेथानचोक बस दुर्घटना : तेह्र जनाको सनाखत, पाँच जनाको नाम खुल्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
bus-accident-bathanchowk.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका-११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । 

त्यस्तै बनेपा नपा-१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा-१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा-११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका-५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ । 

यस्तै बस चालक ललितपुरको महाँकाल-४ घर भई हाल पनौती नपा-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये पाँच जनाको नाम खुल्न बाँकी छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए । 

बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका-११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका-५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ