arrow

भारत- चीन भिडन्तलाई लिएर अमेरिकाले खोल्यो मुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
india-china-galwan-valley-clash-2021.jpg

काठमाडौं ।  भारत र चीनबीचको तनाव फेरि चरम सीमामा पुगेको छ । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ । 

चिनियाँ दुई सय सैनिक घुसपैठ गर्न खोजेपछि  भारतीय सैनिकहरूले त्यो प्रयास असफल गरे। अब यो भिडन्तलाई लिएर अमेरिकाले पहिलो प्रतिक्रिया दिएको छ । अमेरिकाले  दुवै सेना पछि हट्नु नै राहतको कुरा भएको बताइएको छ ।

दुवै देशका सेनाले समयमै स्थिति नियन्त्रणमा राखेकोमा अमेरिकाले खुशी व्यक्त गरेको छ । जारी विज्ञप्तिमा 'दुवै सेना समयमै पछि हट्नु खुशीको कुरा भएको उल्लेख गरिएको छ । हामी अवस्थालाई नजिकबाट हेरिरहेका छौं। हामी भारत र चीन दुवैलाई वार्तामा आउन आग्रह गर्छौँ, सीमाका विषयमा जस्तोसुकै विवाद भए पनि वार्ताबाटै समाधान गर्नुपर्छ ।' 

गत डिसेम्बर ९ मा भएको घटनालाई लिएर चीनले पनि वक्तव्य जारी गरेको छ । झडपमा ६ भारतीय सैनिक जवान घाइते भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ