arrow

विश्वकपको फाइनल मेस्सीको अन्तिम खेल, म्याराडोनालाई पछि पारे

सर्वाधिक गोल गर्नेमा एमबाप्पेको बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
messi-last.jpg

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले संन्यासको घोषणा गरेका छन् । सेमिफाइनलमा क्रोएसियालाई जितेसँगै मेस्सीले संन्यासको घोषणा गरेका हुन् । 

अर्जेन्टिनाका कप्तान मेस्सीले फिफा विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने बताएका छन् । मेस्सीले अर्जेन्टिनाको मिडियामा दिएको अन्तर्वार्तामा भने, ' मलाई यहाँसम्म पुग्दा धेरै खुशी लागेको छ । फाइनलमा आफ्नो अन्तिम खेलेर मेरो विश्वकप यात्रा समाप्त गर्नेछु ।' 

अर्जेन्टिनाका कप्तानले थपे, 'अघिल्लो विश्वकपका लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन की म पुन: खेल्नेछु र यसरी अन्त्य गर्नु सबैभन्दा राम्रो हो ।'

क्रोएसियाविरुद्धको पहिलो सेमिफाइनल खेलमा उनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । 

३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो । यो विश्वकपमा उनको ५ औं गोल थियो । अब उनले यस विश्वकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका केलियन एमबाप्पेको बराबरी गरेका छन् । यस मामिलामा उनले महान खेलाडी डिएगो म्याराडोना र जाभियर मास्चेरानोको चार विश्वकपको कीर्तिमानलाई पछाडि छोडे। विश्वकपमा म्याराडोनाले ८ असिस्ट गरेका छन्।

समग्रमा यो उनको विश्वकपमा ११ औं गोल हो र यस मामिलामा उनले ग्याब्रियल बाटिस्टुटाको बराबरी गरेका छन् । यसका साथै उनी विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।

अर्जेन्टिना फिफा विश्वकपमा छैटौँ पटक फाइनलमा पुगेको छ । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । 

डिसेम्बर १८ मा हुने फाइनलमा अर्जेन्टिनाले आज हुने मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ