arrow

कतारी प्रतिबन्धपछि मोरक्को एयरलाइन्सले रोक्यो विश्वकप हेर्न आउन लागेका फ्यानहरूको उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
royal-air-maroc.jpg

काठमाडौं । मोरक्कोको राष्ट्रिय एयरलाइन्सले कतारी अधिकारीहरूले गरेको निर्णयलाई उद्धृत गर्दै विश्वकपको सेमिफाइनलका लागि फ्यानहरूलाई दोहामा पुर्‍याउन बुधबारका लागि तय गरिएका सबै उडानहरू रद्द गरेको बताएको छ।

'कतारी अधिकारीहरुद्वारा लगाइएको पछिल्लो प्रतिबन्धपछि रोयल एयर मारोक कतार एयरवेजद्वारा सञ्चालित आफ्नो उडानहरु रद्द गरिएकोबारे ग्राहकहरुलाई सूचित गर्नु पर्दा दुःखी छ,' एयरलाइन्सले एक इमेलमार्फत जारी विज्ञप्तिमा भनेको छ ।

कतारी सरकारको अन्तर्राष्ट्रिय मिडिया कार्यालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

रोयल एयर मारोक (आरएएम)ले यसअघि फ्रान्सविरुद्ध बुधबार राति हुने सेमिफाइनल खेलका लागि फ्यानहरूलाई कतारमा पुग्न मद्दत गर्न थप ३० उडानहरू राख्ने बताएको थियो । तर मंगलबार र्याम ट्राभल एजेन्सीको स्रोतले १४ उडानहरू मात्र तय भएको बताएको थियो ।

बुधबारको सात ओटा निर्धारित उडानहरू रद्द गर्नुको अर्थ आरएमएले मंगलबार मात्र सात उडानहरू उडान गर्न सक्षम भएको देखिन्छ । यसरी पहिले नै म्याच टिकटहरू बुक गरिसकेका र होटेलका कोठाहरू बुक गरिसकेकाहरुसमेत यात्रा गर्न असमर्थ भएका छन् । आरएएमले हवाई टिकटहरू फिर्ता गर्ने र ग्राहकहरूसँग माफी मागेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ