arrow

प्रत्यक्षमा भोट नहाल्ने ८० लाख मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
election-commission-2079-08-28b.jpg

काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि सभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । 

जसमध्ये यसपटक प्रतिनिधि सभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको  आयोगले जनाएको छ । 
  
प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ ९६१ दशमलव ८५ प्रतिशत० मतदाता सहभागी भएका आयोगको तथ्यांकमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ