arrow

प्रधानमन्त्री देउवा र अर्जुननरसिंह केसीले गरे जितको खुशी साटासाट  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
arjun-narasingh-kc-sher-bahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटबाट प्रतिनिधि सभामा निर्वाचित पूर्वमन्त्री अर्जुननरसिंह केसीले शीर्ष नेताहरुसँगको भेटघाट र छलफललाई निरन्तरता दिनेक्रममा आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवैले आपसमा प्रतिनिधि सभामा जितको खुशी साटासाट गरेका थिए । सो क्रममा दुवैबीच पछिललो राजनीतिक अवस्थाका बारेमा गम्भीर छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

छलफलमा नयाँ सरकार गठन, गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षासमेत भएको छ । त्यस्तै अर्थतन्त्र सुधारका लागि गरिनु पर्ने राष्ट्रिय सहमति र गठबन्धन दलहरुबीच साझा अवधारणा तय गरी र सहकार्य, पार्टीभित्रको सम्पूर्ण एकता, मत परिणममा देखिएका समस्या र यसको समाधान, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गरी अगाडि बढ्ने विषयमा छलफल भएको छ । 

देशका मुद्दाका अलावा जिल्लामा निर्वाचनका बेला बेला नुवाकोटका नागरिकसँग गरेका बाचा र यहाँका अधुरा रहेका विकास निर्माण र जनजिबिकाका काम तुरुन्त आगडि बढाउने, कृषि, महंगी नियन्त्रण लगायतका विषयमा महत्वपूर्ण छलफल भएकोसमेत केसीको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ