- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । पशुपक्षीहरूमा लाग्ने रोगहरूको तथ्याङ्क सङ्कलन र प्रेषण गर्दा विभिन्न तहहरूसँग समन्वय गरि रिपोर्ट तयार पार्नु पर्ने पशुपक्षीका क्षेत्रमा काम गर्ने विज्ञहरूले बताएका छन् । पछिल्लो समयमा सङ्घीयता आएपछि इपिडिमियोलोजी रिपोर्ट एक ठाउँ वाट अर्को ठाउँमा नजाने तथा तथ्याङ्कमा समेत समस्या पर्ने काम भएकोले त्यसलाई व्यवस्थित गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।
पशु सेवा विभाग पशुपक्षी रोग अन्वेषण तथा रोग नियन्त्रण महाशाखाले तौलिहवामा राखेको स्थानीय तह र विज्ञ केन्द्रलाई इपिडिमियोलोजी रिपोर्ट फर्मेट सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो धारण आएको थियो ।
कार्यक्रममा बोल्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले सङ्घीयताको कार्यान्वयन सँगै इपिडिमियोलोजी रिपोर्टमा एकरूपता हुनुपर्ने जोड दिए । त्यसका लागि प्रदेश र स्थानीय तह सँग सहकार्य गरि रोगहरूको प्रतिवेदन तयार पारि तथ्याङ्कका आधारमा रोग नियन्त्रण र अन्वेषण गर्ने काम भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बाबुराम आर्चायले घरपालुवा तथा जङ्गली जनावरहरूको क्षेत्रमा काम गर्ने भेटेरिनरी प्राविधिकहरूको मेहनतले कृषि तथा पशु क्षेत्रको विकासमा योगदान रहेको चर्चा गर्दै थप यस क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै लुम्बिनी प्रदेशका पशुपक्षी निर्देशनालयका निर्देशक डा. प्रवेज आलमले प्राविधिक रूपमा तल्लो तहबाट नै इपिडिमियोलोजी रिपोर्ट सही रूपमा आउनु पर्ने बताए । त्यसका लागि प्रदेशले जिल्ला र पालिकामा सहजीकरण गरेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश खाद्य प्रविधि तथा कृषि मन्त्रालयका पशु चिकित्सक लोकराज भुसाल , पशु सेवा विभागकी डा. वर्षा थापा लगायतले इपिडिमियोलोजी रिपोर्ट तयार र प्रेषण सम्बन्धमा जानकारी दिएका थिए ।
कार्यक्रममा १० पालिकाका पशु सेवा शाखाका प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाका प्राविधिकहरूको उपस्थिति रहेको थियो ।