arrow

निर्वाचन आयोगले राष्ट्रपतिलाई परिणाम बुझायो, अब सरकार गठनको प्रक्रिया अगाडि बढ्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
election-result-rastrapati.jpg

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । 

बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो । 

प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

राष्ट्रपतिले परिणाम बुझेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ