arrow

दक्षिण कोरियामा अमेरिकाले बसाल्यो अन्तरिक्ष सेना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
us-military-space-unit-south-korea.jpg

काठमाडौं । अमेरिकी सेनाले बुधबार औपचारिक रूपमा दक्षिण कोरियामा आफ्नो अन्तरिक्ष सेना बलको इकाइ सञ्चालनमा ल्याएको छ । यहाँ आफ्नो अन्तरिक्ष सेना बसालेसँगै अब अमेरिकाले उत्तर कोरिया, चीन र रुसमाथि झनै कडा निगरानी गर्न सक्नेछ ।

यद्यपि उत्तर कोरियाले हालैका महिनाहरूमा अमेरिकी मुख्य भूमि र यसका सहयोगीहरू दक्षिण कोरिया र जापानमा आक्रमण गर्न सक्ने क्षमताका आणविक बम बोक्न सक्ने ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरेकोछ  ।

अमेरिकाले सियोल नजिकैको ओसान एयर बेसमा अमेरिकी अन्तरिक्ष बल बसालेको हो ।

'हामीबाट केवल ७८ माईल उत्तरमा खतरा रहेको छ, एउटा यस्तो खतरा जुन हामी रोक्न, त्यस विरुद्ध रक्षा गर्न र आवश्यक भएमा पराजित गर्न तयार हुनुपर्छ,' स्पष्ट रूपमा उत्तर कोरियालाई संकेत गर्दै नयाँ अन्तरिक्ष इकाईका प्रमुख लेफ्टिनेन्ट कर्नल जोशुआ म्याककुलियनले भनेका छन् । 

यो इकाई अमेरिकी अन्तरिक्ष बलसँग सम्बन्धित छ, जुन डिसेम्बर २०१९ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ७० वर्षभन्दा लामो समयपछि पहिलो नयाँ अमेरिकी सैन्य सेवाको रूपमा शुरु भएको थियो ।

अन्तरिक्ष बललाई अन्तरिक्षमा अमेरिकी हितहरूको रक्षाका लागि अझ प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक रहेको बिषयको पुष्टिका रूपमा हेरिएको थियो ।

विशेष गरी नागरिक र सैन्य नेभिगेसन, खुफिया र सञ्चारका लागि प्रयोग हुने उपग्रहहरूका क्षेत्रमा यसको महत्व मानिएको छ । पेन्टागनको अघिल्लो प्रतिवेदनले चीन र रुसले संकट वा द्वन्द्वमा अमेरिकी र सहयोगीका भूउपग्रहहरूलाई बाधा पुर्‍याउन वा नष्ट गर्न सक्ने प्रविधिहरू विकास गर्न ठूला प्रयासहरू सुरु गरेको बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ