arrow

सातै प्रदेश सभाको निर्वाचन परिणाम शनिबार सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
Election_commition.jpeg

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेश सभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ