arrow

कतार विश्वकपको फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
simon-marciniak-qatar-worldcup-final-referee.jpg

काठमाडौं । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार विश्वकप फुटबलको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । 

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । 

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ