arrow

म्याग्दीको सुन्तला काठमाण्डौं

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
निर्मल खत्री, म्याग्दी। बेनी नगरपालिका–१३ बास्कुनामा उत्पादित सुन्तलाले काठामाण्डौमा निर्यात भएका छन । भारतीय नाकाबन्दीको प्रभाव, यातायातको साधनको अभावमा समेत उचित मूल्य पाएपछि किसानले बोटबाटै सुन्तला बिक्री गरेको बताएका छन् । अन्य ठाउँको सुन्तला भन्दा बढि स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएकाले बजारमा उच्च माग रहेको बाँस्कुना कृषक तिलक गुरूङले बताए । 
 
बाँस्कुनामा रहेका २५ घरमध्ये २०  घरले व्यवसायीक रुपमा सुन्तला खेती गरेका छन । ‘ए’ ग्रेडको सुन्तला प्रतिकेजी बोटबाटै ६० देखी ६५ रुपैयाँमा विक्रि गरेका छन्। साना बगान भएका कृषकले म्याग्दी, पर्वत क्षेत्रमा विक्री गर्ने गर्दछन । हाल न्युजिल्याण्डमा रहेका लाल केसीको पहलमा धमाधम विरुवा विस्तार भएपछि स्थानीयले सबैले सुन्तला लगाउन थालेका छन् । 
 
बास्कुना गाउँमा मात्रै यो बर्ष २५ टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । एकदशक अगाडी परिक्षण उत्पादनका रुपमा एकदुई घरले सुरू गरेको खेती गाउँका साथै आसपासका गाविसमा समेत विस्तार भएको छ । काठमाण्डौ कालीमाटी मण्डीका व्यापारीले बोटमै सुन्तला खरिद गर्ने गरेका छन् । गत शुक्रबार एक ट्रक काठमाण्डौ पुगिसकेको छ ।अहिले मौसम खराव भएकोले बोटबाटै सुन्तला झरेकाले पनि उत्पादनमा गिरावट आएको कृषकको भनाई छ । 
 
पहिला धान र कोदो रोप्ने खेतमा सुन्तला खेती सुरु गरेका थिए । करिव ४ हजार बोट रहेकोमा २५ सयले उत्पादन दिइरहेको छ । यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन गतबर्षको तुलनामा कम रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सिंगा, पिप्ले, ताकम लगाएत तल्लो भेगका किसानले सुन्तलाखेती गर्ने गर्दछन । जिल्लाबाट बर्षेनी करिव २ करोडको हाराहारीमा सुन्तला विक्री हुने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ