arrow

आगलागीमा परी ७६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

माल्दिभ्स । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७६ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ) लाई आगलागीबारे जानकारी गराइएको र अग्निनियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाएका छन् ।

प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् । छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएको छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जनाएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ