arrow

विवादमा शाहरुखको पठान, प्रतिबन्ध लगाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
pathan-poster.jpg

काठमाडौं । बलिउड चलचित्र पठानलाई प्रतिबन्ध लगाउन माग गरिएको छ । भारतको गुजरातमा पठानलाई प्रतिबन्ध लगाउन माग गरिएको हो । शाहरुख खान र दीपिका पादुकोण रहेको उक्त चलचित्रले केशर (पहेँलो) लाई अश्लीलतासँग जोडेर गीतलाई ‘बेशरम रंग’ भनेर नाम दिएपछि विश्व हिन्दू परिषद र बजरंग दल भड्किएका हुन् । 

उनीहरुका अनुसार यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाउँछ । यी दृष्यसँगै फिल्मलाई गुजरातमा रिलिज हुन नदिने उनीहरुले दाबी गरेका छन् । 

यो गीतमा दीपिकाले केशर रंगको बिकिनी लगाएकी छिन् । केशर हिन्दू धर्मको प्रतीक मानिन्छ । सोही कारण पनि यसमा आपत्ति जनाएको बताइन्छ । 

त्यसैगरी भारतीय जनता पार्टीका नेताहरुले पनि आपत्ति जनाएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले पनि गीतको बोल र भेषभुषामा बदलाव नआए मध्यप्रदेशमा फिल्म रिलिज गर्न दिने या नदिने भन्नेबारे विचार गर्ने जनाएका छन् । 

त्यस्तै भाजपा सांसद रामकदमले कसैले पनि हिन्दू भावनामा ठेस पुर्याउँछ भने त्यसलाई कुनै पनि मूल्यमा सहन गर्न नसक्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ