arrow

देउवाले बोलाए निर्वाचित कांग्रेस सांसदहरुलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
sher-bahadur-deuba-congress-final-2021.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । 

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ