arrow

पोखरामा दशौँ साहित्य महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
lit-fest-press-meet.jpg

पोखरा । पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा भूमिका खेल्ने विश्वासका साथ पोखरामा दशौँ साहित्य महोत्सव आयोजना गरिएको छ । 

महोत्सव यही पुस ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक वर्म फाउण्डेशनले जनाएको छ ।

महोत्सवमा सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको यो महोत्सवको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्था पोखरा प्रज्ञा प्रतिष्ठान छ ।

आयोजक संस्थाका केशवशरण लामिछानेले पोखरालाई सभ्य एवम् सुसंस्कृत शहर बनाउँदै लगेको र तालको सहर, हिमाल मुनिको शहर भनेर चिनिने पोखरालाई अब साहित्यको शहरकोरुपमा पनि चिनाउन महोत्सवले महत्वपूर्ण भूमिका विश्वास व्यक्त गरे । 

महोत्सवका सदस्य भरत कोइरालाले पोखरा र नेपाल साहित्य महोत्सव पर्याय बनिसकेको बताए । उनले भने, ‘यो महोत्सवलाई पोखरावासीहरूले उत्सवपूर्वक प्रतीक्षा गरिहेका छन् । यसले हामीहरुलाई उत्साहित बनाएको छ ।

महोत्सवकी सहनिर्देशक सुजाता खत्रीले देशविदेशबाट आउने पाहुनालाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको सुनाइन् । 

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराले महोत्सवको अपनत्व ग्रहण गर्दै गएको बताइन् । 

पत्रकार विकास रोकाले कोभिडका कारण अघिल्लो वर्ष रोकिएको महोत्सवलाई पोखरेलीहरुको साथ र सहयोग लिएर फेरि निरन्तरता दिइएको बताए ।

महोत्सवका निर्देशक नीरज भारीका अनुसार कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गभर्नर महाप्रसाद अधिकारी, भगवान कोइराला, सुविन भट्टराई लगायतका व्यक्तित्व वक्ताका रुपमा रहनेछन् । 

यसैगरी महोत्सव फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरूको सेसन फरक र अब्बल हुँदैछ । सुदूरका सिंहदरबार शीर्षक सेसनमा दार्चुला, गोरखा तथा मनाङका स्थानीय जनप्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ ।

शुरु दिन कवि नवराज पराजुली र उज्जवल सागरको प्रस्तुति रहने महोत्सवमा संगीतकार गोपाल योञ्जनको सम्झनामा गोपाल सांगीतिक प्रस्तुति हुनेछ । 

यसैगरी ‘शब्द शक्ति उत्सवको एक दशक’ नारासहित अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत् प्रवचन दिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ