arrow

कतार विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
argentina-win.jpg

कतार विश्वकपको उपाधि अर्जेन्टिनालाई 
काठमाडौं । कतार विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भएको हो । यो जितसँगै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । 

कतारको लुसाल स्टेडियममा ८८ हजार ९६६ दर्शकले प्रत्यक्ष हेरेको विश्वकप निकै सनसनीपूर्ण भएको थियो । निर्धारित ९० मिनेटमा २–२ को बराबरी र थपिएको ३० मिनेटमा थप १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा निर्णायक भएको हो । पेनाल्टीमा साविक विजेता फ्रान्स कमजोर ठहरियो । 

यस्तो रह्यो पेनाल्टी–
फ्रान्सले पहिले पेनाल्टी हान्यो । केलियन एम्बाप्पेले गोल गरे । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पनि गोल गरे । फ्रान्सको दोस्रो प्रहार रोकियो । किंग्सले कोमान गोल गर्न चुके । अर्जेन्टिना भने गोल गर्दै २–१ ले अगाडि रह्यो । पाउलो डाइबालाले गोल गरे । 

तेस्रो प्रहारमा फ्रान्स चुक्यो । टोचुमेनीले गोल गरेनन् । लेन्द्रो पेरेडेसले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को स्थितिमा ल्याए । चौथो प्रहारमा फ्रान्सले गोल गर्यो । रान्डाल कोलो मुआनीले गोल गरे । अर्जेन्टिनाका गोन्जालो मोन्टेलले पनि गोल गर्दै पेनाल्टीमा ४–२ ले टिमलाई जिताए ।  
यसअघि फ्रेन्च स्टार एम्बाप्पेले ह्याट्रिक गरेका थिए । निर्धारित ९० मिनेटमा दुई तथा अतिरिक्त समयमा एक गोल गर्दै एम्बाप्पलेले कीर्तिमान रचे । 

अहिलेसम्मको विश्वकप इतिहासको फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । यसअघि सन् १९६६ मा इङ्गल्याण्डमा जिओफ हस्टले पश्चिम जर्मनीविरुद्ध फाइनलमा ह्याट्रिक गरेका थिए । 

एम्बाप्पले निर्धातिर ९० मिनेटको खेलमा ९७ सेकेन्डको फरकमा दुई गोल गरेसँगै कतार विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक बनाएका थिए । मध्यान्तरसम्म २–० ले अग्रता लिएको अर्जेन्टिनाले ८० र ८१ औं मिनेटमा ९७ सेकेन्डको अन्तरमा दुई गोल खाएसँगै निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

यसअघि कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका थिए । 
अतिरिक्त समयको १०८ औं मिनेटमा मेस्सीले गोल गरेका थिए । तर ११८ औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए । यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । 

सात पटकका बालेन डि’ओर विजेता मेस्सीले राष्ट्रलाई विश्वकप नै जिताएर संन्यास लिएका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ