arrow

एम्बाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
kaylian-mbappe-france-hat-trick.jpg

काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले अर्जेन्टिनाविरुद्ध  ह्याट्रिक गरेका छन् । यससँगै उनी फिफा विश्वकपको इतिहासमा यो कीर्तिमान रच्ने दोस्रो खेलाडी बनेका छन् । 

यसअघि ज्योफ हस्ट ह्याट्रिक गर्ने एकमात्र अन्य खेलाडी थिए । १९६६ मा पश्चिम जर्मनीविरुद्ध इङ्गल्याण्डले उपाधि जित्दा हस्टले तीन गोल गरेका थिए ।

एमबाप्पेको यो विश्वकपमा १२ औं गोल थियो । गोल स्कोरिङ चार्टमा पेलेसँग बराबरी गर्दै एम्बाप्पे अब गोल्डेन बुटका दाबेदार हुन् । 

२४ वर्ष मुनिका कुनै पनि खेलाडीले फ्रान्सेली खेलाडी एम्बाप्पे भन्दा बढी गोल गरेका छैनन् ।

फिफा विश्वकप २०२२ को उपाधि फ्रान्सलाई पेनाल्टीमा ४-२ले पछि पार्दै हात पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ