- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतार विश्वकप फुटबल २०२२ मा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् ।
उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । एमबाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका छन् ।
उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए ।
उनी गोल्डेन बुट जित्ने पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।