arrow

शिवको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

२०७९ पुस ४ गते सोमबार, इस्वीसंवत डिसेम्वर १९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको एकादशी तिथि रहनेछ । नक्षत्रमा चित्रा, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा बब, आनन्दादि योगमा मुद्गर रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५१ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः११ बजे हुनेछ । आज सफलाएकादशी ।

आजको राशिफल

मेष : आज छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

वृष : आज धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् ।

मिथुन : आज नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

कर्कट : आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह : आज आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या : परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।

तुला : आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ ।

वृश्चिक : आज पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : आज सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

कुम्भ : आज ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन ।

मीन : आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

साइतः सूर्य धनु चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    अमृत बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     काल बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     शुभ बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    रोग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   उद्वेग बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      चर बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     लाभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ