arrow

उपाधिसँगै बदलियो मेस्सीको मन, तत्काल संन्यास नलिने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
messi-last.jpg

काठमाडौं । कतार विश्वकपमा उपाधि जितेपछि अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले मन बदलेका छन् ।  अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बारे मेस्सीको सोचमा परिवर्तन गरेका छन् ।

मेस्सीले विश्व च्याम्पियनका रूपमा अझै केही खेल खेल्न चाहेको बताएका छन् । यसअघि मेस्सीले कतारमा हुने यो प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुने र यो फाइनल आफ्नो अन्तिम खेलको रूपमा खेल्ने बताएका थिए ।

 "म यो ट्रफी अर्जेन्टिनामा लैजान चाहन्छु र सबैसँग रमाइलो गर्न चाहन्छु," मेस्सीले आइतबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेपछि भने। ‘म अहिले विश्व च्याम्पियन बनेर खेल्न चाहन्छु ।'

लियोनल मेस्सीको अर्जेन्टिनाले विश्वकपको सबैभन्दा रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । यस खेलमा फ्रान्सका एमबाप्पेले ह्याट्रिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ