arrow

सरकार बनाउने सातामा यस्तो हुनेछ ज्योतिषीय समय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
horoscope-weekly-anytime.jpg

 राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर दलहरुलाई सरकार गठन गर्ने दाबी पेश गर्न आह्वान गरेकी छिन् । उनले आइतबार समय दिएसँगै अब आगामी पुस १० गतेभित्रमा दलहरुले दाबी पेश गर्नुपर्नेछ ।

सोही कारण पनि राजनीतिक रुपले यो साता निकै नै महत्वपूर्ण रहेको छ । ज्योतिषीय दृष्टिकोणले कस्तो छ त यो साता ?
 

साप्ताहिक फल : (२०७९ पुस ४ गते सोमबारदेखि १० गते आइतसम्म)

साताका यात्राका साइत ४ गते सोमबारः उत्तर र पश्चिम शुभ, पूर्व अशुभ । ५ गते मंगलबारः पश्चिम शुभ, उत्तर अशुभ । ६ गते बुधबारः पूर्व शुभ, उत्तर अशुभ । ७ गते बिहीबारः पूर्व र उत्तर शुभ, दक्षिण अशुभ । ८ गते शुक्रबारः पूर्व र उत्तर शुभ र पश्चिम अशुभ । ९ गते शनिबारः दक्षिण शुभ, पूर्व अशुभ । १० गते आइतबारः दक्षिण शुभ, पश्चिम अशुभ ।

साताका राहुकाल (सबैभन्दा खराब समय) ४ गते सोमबारः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म । ५ गते मंगलबारः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म । ६ गते बुधबारः मध्यान्ह १२ः०० देखि दिनमा १ः३० बजेसम्म । ७ गते बिहीबारः दिनमा १ः३० देखि ३ः०० बजेसम्म । ८ गते शुक्रबारः बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म । ९ गते शनिबारः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म । २५ गते आइतबारः दिनमा ४ः३० देखि साँझ ६ः०० बजेसम्म ।

साप्ताहिक राशिफल :

मेष : यो साताको प्रारम्भमा आत्मबल र शिक्षामा कमि आउनेछ । तरल पदार्थको व्यापार व्यवसाय लाभदाइ रहनेछ । बुधवार बाट पति पत्नीबीचको सम्बन्धमा वैरमनस्यता बढ्नेछ । साताको अन्त्यमा नसोचेको स्थााबाट आर्थिक लाभ मिल्नेछ । यो साता भगवान शाम्वत शदा शिवजीको पूजा र दर्शनले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– ३ र ७ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– सेतो र निलो

वृष : यो साताको प्रारम्भमा खर्चमा बृद्धि हुनेछ । धातुसंग सम्बन्धित व्यापार व्यवसाय लाभदाइ रहनेछ । बौधिक क्षमतामा कमि आउनेछ । साताको उत्तरार्धमा लामो दुरिको यात्राको अवसर मिल्नेछ । नयाँ प्रेम प्रस्ताव राख्नको लागि उचित समय रहेकोछ । यो साता भगवति दुर्गाको मन्त्रजप र दर्शन गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– १ र ९ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– निलो र पँहेलो

मिथुन : यो साता दाम्पत्य जिवनमा खटपट आउनेछ । भूमि, माटो, गिटी, वालुवासँग सम्बन्धित व्यापार व्यवसाय लाभदाइ रहनेछ । मङ्गलवार र शुक्रवार स्वास्थयमा समस्या आउनेछ । साताको उत्तरार्धमा शिक्षामा सफलता मिल्नेछ । यो साता बंगलामुखि भगवतिको पूजा र दर्शन गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्कः– १ र ७ शुभ रहेको छ । यो साताको लागि शुभ रङ्गः– गुलावी रातो र सेतो

कर्कट : यो साताको प्रारम्भमा पारिवारिक खर्चमा बढ्नेछ । कपडासँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ भने स्वास्थयमा समस्या र चोटपटकले सताउनेछ । शिक्षामा रुचि घट्नेछ । साताको उत्तरार्धमा धार्मिक क्षेत्रको यात्रामा सफलता मिल्नेछ । यो साता शिवजीको पूजा र दर्शन गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– २ र ९ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– घुर्मैलो कालो

सिंह : यो साताको प्रारम्भमा अहमता र क्रोध बढनेछ । काठ र सजावटसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ भने सवारि साधान चलाउदा विचार पु¥याउनु पर्नेछ । शिक्षा र कलाकारिता क्षेत्रबाट उचित लाभ लिन सकिनेछ । साताको उत्तरार्धमा डुब्न लागेको धन प्राप्तिको योग रहेकोछ । यो साता हनुमानको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– १ र ८ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग – निलो र सेतो

कन्या : यो साताको प्रारम्भमा प्रेम सम्बन्धमा निकटता नहुसक्छ । मेसिनरि वा सेरामिकसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधवारबाट चन्द्रमाको प्रभाव प्रतिकुल नहुने भएकोले मनमा चंचलता र आत्म विस्वासमा कमि आउनेछ । साताको उत्तरार्धमा पारिवारिक व्यत्तिको स्वास्थय बिग्रिनेछ । यो साता गणेशको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– २ र ६ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– पँहेलो र सेतो

तुला : यो साता अध्यन अध्यापन क्षेत्रबाट लाभ लिन गारो पर्नेछ भने वकालत कलाकारिता क्षेत्रका व्यत्तिको लागि उत्तम रहनेछ । दिदी वहिनीसंगको मनमुटाव वढ्नेछ । बुधवार बाट नयाँ रोजगारिको अवसर मिल्नेछ । साताको उत्तरार्धमा आर्थिक लाभ मध्यम किसिमको रहनेछ । यो साता कुवेरको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– २ र ९ शुभ रहेको छ । यो साताको लागि शुभ रङ्ग ः– निलो र रातो

वृश्चिक : यो साताको प्रारम्भमा खर्चमा बृद्धि हुनेछ । खाद्यान्न वा हरियो साग सब्जिसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधवारबाट स्वास्थ्यमा समस्या आउनेछ भने शिक्षामा रुचि घट्नेछ । प्रेमि प्रेमिका विचको सम्बन्धमा मनमुटाव वढ्नेछ । यो साता विष्णु भगवानको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– ४ र ९ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– गुलाबी रातो

धनु : यो साता सरकार वा राज्य पक्षबाट दण्ड जरिवाना हुन सक्नेछ । फलाम वा निर्माण सामाग्रीसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । दाजु भाइ विचको सम्बन्धमा मनमुटाव वढ्नेछ । साताको उत्तरार्धमा साथि भाइको साथ र सहयोगले कर्म क्षेत्रमा सफलता मिल्नेृछ । यो साता सरस्वतिको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– १ र ६ शुभ रहेको छ । यो साताको लागि शुभ रङ्ग ः– सेता र रातो मिश्रित

मकर : यो साता लामो दुरिको रमणिय यात्रा हुन सक्नेछ । सोमबार र बिहीबार स्वास्थ्यमा समस्या आउनेछ । सवारि साधनको व्यापार व्यवसाय उत्तम रहनेछ । पति पत्नि विचको सम्बन्ध सुमधुर वन्दै जानेछ । साताको उत्तरार्धमा नयाँ कामको जिम्वेवारि बहन गर्नुपर्नेछ । यो साता बुध ग्रहको जप गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क ः– ५ र ९ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– कालो र गुलावि

कुम्भ : यो साता आर्थिक समस्याले सताउनेछ भने स्वास्थ्यमा चोटपटक रहनेछ । बुधबारबाट कर्म क्षेत्रमा सफलता मिलेता पनि पारिवारिक समस्याले सताउनेछ । सांगीतिक क्षेत्रको व्यापार व्यवसाय उत्तम रहनेछ । साताको उत्तरार्धमा साथीभाइको सहयोगले रोकिएको कामहरु बन्नेछ । । यो साता शनि ग्रहको जप गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क – १ र ७ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग – रातो सेतो बुट्टे

मीन : यो साताको प्रारम्भमा पारिवारिक समस्याले सताउनेछ भने अध्यन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । काठ र सजावटसंग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधबारबाट आत्म विस्वासमा कमि आउनेछ । यो साता लक्ष्मिको पूजा गर्नाले शुभफल मिल्नेछ । यो साताको लागि शुभ अङ्क – ५ र ९ शुभ रहेकोछ । यो साताको लागि शुभ रङ्ग ः– गुलावी र सेतो । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ