arrow

सीईओ पद छोड्न या नछोड्न एलन मस्कले सोधे ट्विटर प्रयोगकर्तालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
elonmusktwitter.PNG

काठमाडौं । एलन मस्कले ट्विटरको सीईओको पद छोड्न या नछोड्न भनेर ट्विटर प्रयोगकर्ताहरुलाई पोल अथवा सर्वेक्षणमार्फत सोधेका छन् ।

आइतवार ट्विटरमा पोल पोस्ट गर्दै मस्कले, 'म ट्विटरको सीईओको रुपमा बसौं, नयाँ नबसौं' भनेर सोधेका छन् । यो समाचार तयार पार्दासम्म ५६ प्रतिशतले छोड्न र ४३ प्रतिशतले नछोड्न भन्दै उक्त सर्वेक्षणमा मत राखेका छन् ।

त्यसपछिल्लो ट्विटमा मस्कले तपाईले के चाहनु भएको छ सावधान रहनुहोला, त्यस्तै नतिजा पाउनुहुनेछ भनेर लेखेका छन् ।

त्यसपछि उनले वास्तवमा ट्विटरलाई जीवित राख्न सक्ने काम कसैले चाहँदैन। उत्तराधिकारी छैन भनेर पनि लेखेका छन् ।

मस्कले के गर्छन् भन्ने अहिले नै भन्न सकिन्न । उनलाई यस्ता सबै सर्वेक्षणात्मक पोस्टहरु अनुसार कदम चाल्ने भने गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ