- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड चितवनबाट फर्केपछि र नेता नेपाल पार्टीका निर्वाचित सांसदहरुसँगको बधाई साटासाटपछि नेपाल निवासमा प्रचण्डले गोप्य भेटवार्ता गरेका हुन् ।
प्रचण्डले आफू जसरी पनि प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेका छन् । उनले नेपाली कांग्रेससँगको सहकार्यमा भए पनि ठीकै र त्योभन्दा बाहिर गएर एमालेसँग मिलेर भए पनि प्रधानमन्त्री बन्ने एकमात्र मन्त्र बोकिरहेका छन् । त्यस्तै उनले चितवनमा पुगेर गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको भन्दै आफू नै अहिले प्रधानमन्त्री बन्नुपर्नेमा छन् ।
तर नेता नेपाल भने अहिलेको गठबन्धन तोड्न नहुने पक्षमा छन् । उनले वामपन्थीको सरकार नबन्ने बताउँदै पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला नेपालको सो धारणा आएको हो । त्यससँगै नेताहरुबीच दिनानुदिन छलफल भइरहेको छ ।
सोही क्रमलाई निरन्तरता दिँदै प्रचण्डले नेता नेपालसँग भेटघाट गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबारभित्र सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नेताहरु निकै दौडधूपमा छन् ।