arrow

अपांगता विपद् जोखिम न्यूनीकरणको पहल 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष ४ सोमबार
apangata-jokhim-talim.jpg

कोहलपुर । अपांगता भएका व्यक्तिहरुले विपद्बाट हुने क्षति सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्व योजना बनाउन जरुरी रहेको देखिएको छ ।

 सिविएम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपद्सँग सम्वन्धित व्यक्तिहरुलाई सोमबार कोहलपुरमा भेला गराएर अपांगता भएका व्यक्तिहरु विपद्मा कसरी जोखिममा पर्छन् भन्नेबारे जानकारी गराएको हो । 

आगलागी, भूकम्प, हिमपहिरो, बाढी र डुवान तथा महामारी जस्ता विपद्बाट अपांगता भएका व्यक्तिहरुमा हुन सक्ने जोखिम र त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको डेकका कार्यक्रम संयोजक जीवन गिरीले बताए । 

स्थानीय सरकारले विपदबाट हुने क्षती न्यूनीकरणका लागि सकेसम्म अपांगता भएकै व्यक्तिहरुलाई सहभागी बनाएर योजना बनाउनु पर्ने उनको भनाइ थियो । 

नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचिव राजु बस्नेत र निर्मल भण्डारीले सहजीकरण गरेको अपांगता समावेशी विपद् जोखिम तथा न्यूनीकरण सम्बन्धी उक्त तालिममा भएका नीतिगत कुराहरुलाईसमेत सबैले व्यवहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने निवर्तमान महासचिव बस्नेतले बताए । 

अपांगता भएका व्यक्तिहरुले विपदमा कसरी जोखिममा पर्छन् भन्ने कुरालाई चित्रित गरेको दिइएको तालिममा सहभागी जनप्रतिनिधिहरुले विपद् जोखिम तथा न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ