arrow

हिलेमा नोबेल अस्पतालको दुई दिने निःशुल्क स्वास्थ्य शिविर जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
Nobel-Health-Camp-(3).jpg

धनकुटा  ।  धनकुटा नगरपालिका–१ स्थित हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, धनकुटा नगरपालिका वडा नम्बर १, लाइन्स क्लब अफ विराटनगर युनिक र ग्रीनसिटीको सहकार्यमा दुई दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

हिले क्याम्पसमा सञ्चालित शिविरको पहिलो दिन सोमबार ६ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

उनका अनुसार नोबेलका विशेषज्ञ डाक्टरहरुको टोलीले ११३ जनाको भिडियो एक्सरे, ८५ जनाको इसीजी र ९९ जनाको रक्त परीक्षण गरेको हो । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २२ जनाको दाँत फुकालिएको छ । मंगलबार पनि जारी रहने आयोजकले जनाएको छ ।

यसअघि बिहीबार नोबेलले धनकुटाको बिश्रान्ति मन्दिरमा शिविर सञ्चालन गरेर ३२० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । 

नोबेलका सञ्चालकसमेत रहेका प्रतिनिधि सभा सदस्य डा.सुनील शर्माको योजना अनरुप स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ