- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटेलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरू मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्ला समय बनेको थियो। आमन्त्रित निजी सङ्घसंस्थाका प्रतिनिधि, बैङ्क तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरूका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनसङको भरपुर मजा लिएका थिए।
एनसेलको रु ५९९ मा ६० जीवी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनसङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए। थपिएको ३० मिनेटमा ३–३ को बराबरी भई पछि टाई ब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्व कफको उपाधि जितेको हो।
मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतिमार्फत गीतसङ्गीतको आनन्द लिएका थिए र खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको मजा लिएका थिए।