arrow

मस्जिदमा गराइएको विस्फोटनमा परी पाकिस्तानमा सोह्रको मृत्यु, पैतिस घाइते

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
pakistans.jpeg
पेसावर (पाकिस्तान) । पाकिस्तानको उत्तरपश्चिममा आदिवासी समुदायको बसोबास रहेको एक बस्तीमा रहेको मस्जिदमा आत्मघाती विस्फोटनमा परी कम्तिमा १६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको यहाँका सरकारी अधिकारीले जनाएका छन् । उक्त घटनामा कम्तिमा ३५ जना अरु घाइते भएको पनि बताइएको छ । 
 
अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित पाकिस्तानी बस्ती बुटमानामा पाकिस्तानी सेनाले तालिवान विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेका बेला भएको उक्त घटनामा तालिवानी विद्रोहीको संलग्नता रहेको आशङ्का गरिएको छ । 
 
मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला भएको आक्रमणमा प्रार्थनामा संलग्न मुस्लिम धर्मावलम्बीमाथि भएको भन्दै यस निन्दनीय घटनाप्रति पाकिस्तानी आदिवासी सङ्गठनका उच्च अधिकारीले विरोध जनाएका छन् ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ