arrow

नियम विपरीत मतदान कक्षमै लगे देउवा निकट सांसदले मोबाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
congress-samsadiya-dalko-kalyalaya-2079-09-06.jpg

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदानमा सभापति शेरबहादुर देउवा निकटका सांसदले नियम विपरीत मतदान कक्षमै मोबाइल लगेको भेटिएको छ ।

दलको नेताका उम्मेदवार गगन थापाले संचारकर्मीसँग मोबाइल लगेको भेटिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘हामीले यस्तो नगरौँ भनेर नियम बनाएका थियौँ तर मोबाइल लगेको भन्ने सुनियो’ यो राम्रो हैन ।’

उनले को कसको पक्षको हो भन्ने स्पष्टै भएको भन्दै साथी कुर्ने बहानामा ढिलो गरेर फोटो खिच्चन लगाउनु गलत भएको बताए । 

यसअघि मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्नेमा विवाद हुँदा करिब ४० मिनेट मतदान रोकिएको थियो । 

निर्वाचन समितिमा रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुषाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । 

मोबाइल नलैजाने सहमति भएपछि मतदान शुरु भएको थियो । तर देउवा निकट सांसदहरुले नियम तोडिछाडे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ