arrow

तालिबानको निर्णयमा महिला बेखुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
taliban-afgan.jpg

संयुक्त राष्ट्रसङ्घ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताएका छन् । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताएका हुन् । 

उनले भनेका छन् – अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापी रुपमा प्रचारमा ल्याइएको छ । तालिबानहरुले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट रोकेको घटनाको म विरोध गर्दछु ।

अफगानिस्तानमा लागी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले एक विज्ञप्तिमा सो कुरा बताएका छन् । उनले यस्तो निर्णय अफगानिस्तानका उच्च शिक्षासम्बन्धी मन्त्रीले हालै गरेको भनी गरिएको प्रचारले अफगानिस्तानका सबै महिला बेखुस भएका पनि बताएका छन् ।

उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा राखेका छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिबानहरुले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठ्ने गरेको पनि उनले बताएका छन् ।

यस निर्णयका बारेमा संयुक्त राष्ट्रसङ्घले थप स्पष्ट जानकारीको खोजी गरिरहेको भन्दै आगामी दिनमा यस्ता निर्णयहरु फिर्ता लिनका लागि आफूले पहल गर्न पनि उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ