arrow

कांग्रेसले नेता पाएसँगै सत्ता गठबन्धनको बैठक बस्दै, शक्ति बाँडफाँट हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
Gathabandhan-baluwatar-meet.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई दावेदारी पेश गर्न आगामी आइतबारसम्मको समय दिएपछि दावेदारीका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । 

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ बस्न लागेको हो । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । 

बैककको समय भने तोकिएको छैन । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ । 

यद्यपि माओवादी केन्द्रले आजको बैठकमा सहमति नमिले एमालेसँग मिलेर वामपन्थी सरकार बनाउन पहल गर्ने घुर्की दिएसँगै आजको बैठक निर्णयको नजिक पुग्ने दाबी गरिएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफू नै पहिलो प्रधानमन्त्री बन्नमा छन् । जसले गर्दा समस्या उत्पन्न भएको छ । देउवा भने आफूले प्रधानमन्त्री हुने बाटोमा छन् । 

यदि आफू पहिलो कार्यकाल प्रधानमन्त्री हुन नपाए एमालेसँग सहकार्य गरेर भए पनि पद हत्याउने मनस्थितिमा प्रचण्ड छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ