arrow

निमोनियाग्रस्त माधवको स्वास्थ्यमा सुधार हुँदै, देउवा र प्रचण्ड अस्पतालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
madhav-bimar-deuba-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

अध्यक्ष नेपाल निमोनिया देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । उनको अवस्था सुधारोन्मुख रहेको छ । उनीहरुले आज अस्पताल पुगी अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । 

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

सरकार गठनको प्रक्रिया शुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ