arrow

कुनैपनि आतङ्कवादसँग अमेरिकीहरु डराउदैनन् : राष्ट्रपति ओबामा

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिक कुनैपनि आतङ्कवादीहरुको धम्कीदेखि नडराउने बताउनुभएको छ । उहाँको नियमित रेडियो सम्बोधनका क्रममा आइतबार भन्नुभयो– हामी अमेरिकी नागरिकहरु जस्तोसुकै आतङ्कवादीहरुको धम्कीबाट आतङ्कित हुदैनौ । गत हप्तामात्र अमेरिकाको क्यालिफोर्नियामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो । त्यसमा अरु १५ जना नराम्ररी घाइते भएका थिए । सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गर्नुभएको हो । उहाँले त्यस घटनामा आतङ्कवादीहरुको सम्लग्नताको कुरा उठाइएकोप्रति गम्भीर रुपमा चासो व्यक्त गर्नुभएको थियो । 
 
उहाँले भन्नुभयो– त्यस हत्याकाण्डमा आतङ्कवादीको सम्लग्नताको कुरा उठाएर कुनै एक आतङ्कवादी समूहले त्यसको प्रशंसा गरेको थियो तर त्यसले हामीलाई आतङ्कवादी हमला हुने भनी आतङ्कित पार्न सक्दैन । उहाँले इस्लामिक स्टेट, आइएसको नामै नलिई सो धारणा राख्नुभएको हो । आइएसले सो हमलामा आफ्नो हात रहेको दाबी सीधै नगरेपनि त्यस हमलामा सम्लग्न महिलाको प्रसंशा गरेको थियो । त्यसमा उनीहरुको सम्लग्नता नरहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उक्त हमला नितान्त पारिवारिक रहेको भनी टिप्पणी गरिएको छ । 
 
यदि सो हमला आतङ्कवादीले नै गरेको हो भने सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको अल कायदाको हमलापछिको पहिलो यस्तो आतङ्ककारी हमला भएको बताइएको छ । साथै राष्ट्रपति ओबामाले आइतबारै अबेरतिर देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले हालैका दिनमा फ्रान्सको पेरिसमा भएको हमलापछिको अवस्थालाई अमेरिकाले कसरी लिएको छ भन्ने बारेमा स्पष्ट गर्नुहुने भएको छ । ह्वाइटहाउसका अधिकारीहरुले राष्ट्रपति ओबामाले युरोपमा एक किसीमको त्रास नै मच्चिइरहेको पछिल्लो आतङ्कवादी हमलाको विषयमा अमेरिकी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बारेमा सम्बोधन गर्नुहुने बताएका छन् । 
 
अमेरिकामा पनि आतङ्कवादी हमलाका विभिन्न हल्ला चलेका छन् । तर त्यहाँको गुप्तचर निकायले यस्तो सम्भावना नरहेको बताउदै आएको छ । पेरिस हमलापछि युरोप र अमेरिकामा पनि असुरक्षाको हल्ला चलिरहेकोले त्यसका विरुद्धमा अमेरिकाले कसरी तयारी गरिरहेको छ भन्ने बारेको जानकारी पनि उहाँको सम्बोधनमा आउने अधिकारीहरुको भनाई छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ