arrow

बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकलयात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
cycle.jpg

पोखरा । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍यालीको आयोजना गरिएको हो ।

साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रवर्द्धनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको बताए । 

साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । 

पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

“साइकल र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं”, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, “पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँ छन् भन्ने सन्देश र्‍यालीले दिनेछ ।”

साइकलर्‍यालीमा काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट दुई सय जना यात्रीको सहभागिता छ । 

पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । 

साइकल र्‍याली  बागलुङ कालिकाबाट शुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्ध्यवासिनी मन्दिर आएर समापन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ