arrow

बदर मत घटाउन नसकेका प्रमुख आयुक्त भन्छन् –निर्वाचन प्रणालीमा सुधार गरिनेछ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
election-dinesh-kumar-thapaliya1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था  र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधार गरिने बताएका छन् । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्वन्यायाधीश फोरमको प्रतिवेदन आज बुझ्दै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना, कानुन र नीतिभित्र रहेर गर्न सकिने सुधार यहीभित्रबाट र गर्न नसकिने सुधार कानुन संशोधन गराएर गर्न आयोगले तयारी गरेको बताएका हुन् । 

उनले निर्वाचन कानुन, व्यवस्थापन र प्रक्रियाका सम्बन्धमा देखिएका सवाल तथा अन्योलबाट स्पष्ट हुँदै क्रमशः सुधारको बाटोमा जान पूर्वन्यायाधीश फोरमले दिएका सुझाव मनन् गरिने पनि उल्लेख गरे । 

प्रतिवेदन बुझाउँदै फोरमका अध्यक्ष टोपहादुर सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनका लागि सुधार्नुपर्ने पक्षमा सुझाव प्रस्तुत गरेका थिए । 

निर्वाचनमा फोरममा आबद्ध ३२ पूर्वन्यायाधीशले विभिन्न १५ जिल्लामा पर्यवेक्षण गरेका थिए । 

यसपालि २०४८ सालदेखिकै सबैभन्दा बढी मत बदर भएको थियो । यसबारेमा भने थपलिया मौन छन् । मतदाता शिक्षाका नाममा जथाभावी रकम खर्च गर्ने तर मतदातालाई शिक्षा दिन चुक्ने आयोगको कमजोरीका कारण बदर मत उल्लेख्य बढेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ