arrow

रविन्द्र मिश्रसँगै आएकाले राप्रपामा पाए महामन्त्रीसहित ४० केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
rabindra-mishra-rajendra-rpp.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रविन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन् । महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । गत असोज १२ गते वरिष्ठ उपाध्यक्ष पद पाएपछि मिश्र राप्रपा प्रवेश गरेका थिए ।

मिश्र राप्रपामा गए पनि उनको पक्षबाट कसले कुन पद पाउने भन्नेबारे भागबण्डा टुंगिएको थिएन । बिहीबार तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रको पछि लागेका नेता कार्यकर्ताहरूले राप्रपामासमेत स्थान पाइरहेका छन् । 



नयाँ